Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनबाट चोरीका मोबाइलसहित दुई जना पक्राउ


    शनिबार, भाद्र १९ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

     उनीहरुले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी  दिएका छन् 
     । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक तीन वर्ष कैद र रु ३० हजार जरिवाना दाबी गरिएको उनलेले जानकारी दिएका छन् 
    । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार