Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमा पाँच एआइजी दरबन्दी थपको चर्चा, मिडिया ट्रायल कि वास्तविकता ?


    सोमबार, भाद्र १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा फेरि पाँच एआइजीको दरबन्दी थप गर्ने चर्चा सुरु भएको छ । प्रदेशमा एआइजीको दरबन्दी आवश्यक भएको भन्दै दरबन्दी थप गर्ने समाचार आउन थालेका छन् । प्रदेशमा एआइजीको दरबन्दी राख्न सहज छैन । प्रदेशमा एआइजी राख्न अहिले संभव नभएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । 

    ती अधिकारीले भने–प्रदेश सरकारका मन्त्रालयको सचिव प्रथम श्रेणी(सहसचिव)ले प्रशासनिक नेतृत्व गरेको हुन्छ । सचिव (विशिष्ट श्रेणीको प्रदेशको प्रमुख सचिव हुन्छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालय(गृह)को सचिव प्रथम श्रेणी हुने तर प्रदेश प्रहरी प्रमुख विशिष्ट श्रेणीको राख्ने कुरा संभव नै छैन । एआइजी विशिष्ट श्रेणी(सचिवसरह) को पद हो । प्रदेशको प्रमुख सचिव पनि विशिष्ट श्रेणी हो । आन्तरिक मामिला मन्त्रालयका सचिव मातहत प्रहरी हुने भएकाले पनि प्रदेशमा एआइजी राख्ने कुरा संभव नै नभएको प्रहरी अधिकारीको तर्क छ ।

    एआइजीको दरबन्दी थप गर्न संगठन संरचना तथा व्यवस्थापन(ओएण्डएम) गर्नुपर्ने हुन्छ । त्यो पनि भएको छैन । प्रदेशमा एआइजी राख्ने कुरा सम्भव नै नभएको अवस्थामा दरबन्दी थपको हल्ला केही डीआइजीहरुले मिडिया ट्रायलका लागि चलाएको आरोप छ ।

    नेपाल प्रहरीमा हाल ५ एआइजीका दरबन्दी छन् । महानगरीय प्रहरी कार्यालयमा हरिबहादुर पाल, मानवस्रोत तथा प्रशासन विभागमा निरजबहादुर शाही, एकेडेमीमा प्रद्युम्न कार्की, अपराध अनुसन्धान विभागमा विश्वराज पोखरेल एआइजी छन् ।

    एआइजी सहकुलबहादुर थापाको बढुवा भए पनि उनलाई जिम्मेवारी दिइएको छैन । एआइजी प्रमुख हुने कार्यविभागको प्रम्ुखमा डीआईजी रविन्द्रबहादुर धानु्क निमित्त प्रमुख भएर कामकाज गर्दैआएका छन् ।

    एआइजीका तीन दरबन्दी रहेकोमा सुरुमा विश्वराज पोखरेललाई बढ्ुवा गर्न एक दरबन्दी थप गरेको थियो भने गएको असारमा अर्को एक दरबन्दी थप गरी सहकुल थापालाई बढुवा गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार