एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्सले घरेलु मैदानमै हार ब्यहोरेको छ ।
शनिबार राती भएको आफ्नो दोस्रो खेलमा युभेन्ट्स इम्पोलीसँग आफै मैदानमा १–० को पराजित बनेको हो ।
लियोनार्दो मान्सुकोले पहिलो हाफमा गरेको गोल नै इम्पोलीका जितका लागि पर्याप्त रह्यो । सिरी एको नयाँ प्रवेशी क्लब इम्पोलीले ३६ पटकको च्याम्पियन क्लबलाई निराश बनाएको हो ।
म्यान्चेष्टर युनाईटेडले क्लबका लिजेण्ड रोनाल्डोसंग पुन सम्झौता भएको घोषणा गरेको भोलि पल्ट युभेन्ट्सले खराब दिन बिताएको हो ।
सन् १९९९ पछि इम्बोपलीले पहिलो पटक युभेन्ट्सलाई हराएको हो ।
युभेन्ट्सको २ खेलबाट १ अंक सहित १३ औं स्थान र इम्पोली ३ अंक सहित ११ औं स्थानमा छ ।