Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षकै ठूलो वर्षा


    आइतबार, भाद्र १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । 

    तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । 

    अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धनुषाका  वर्षा मापन केन्द्र  रहेका छन् । 

    उनले दिएको जानकारीअनुसार दुई दिनयता सबै भन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो । समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार