Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त


    मंगलबार, भाद्र ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवाल । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् ।

    लुम्बिनी प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो ।

    उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले प्रमुखको कार्यालयमा शपथ ग्रहण गराएकी छन् ।

    निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो ।

    नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार