Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन


    शनिबार, भाद्र ५ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  कोरोना संक्रमणबाट हाँस्य कलाकार शम्भुराज थापा (बखते)को  निधन भएको छ ।

    कोरोना संक्रमण भएर लामो समयदेखि पाटन अस्पतालमा उपचाररत थापाको शनिबार विहान ४ः४० बजे  निधन भएको हो ।

    उनको पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । ६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार