Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • मकवानपुर, ९ जेठ । प्रहरीले १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    प्रहरी कार्यालयका अनुसार बलात्कार गरेको आरोपमा बिहीबार मकवानपुर प्रहरी कार्यालयले बकैया गाउँपालिका ७ का ४८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो।

    ‘बिहीबार बालिकामाथि बलात्कार भएको भनेर जाहेरी लिएर आउनुभएको थियो,’ मकवानपुरका प्रवक्ता इन्स्पेक्टर सुजन पाठकले भने, ‘हामीले हिजो नै आरोपित व्यक्तिलाई पक्राउ गरिसक्यौं।’

    अनुसन्धानकै क्रममा रहेको हुँदा पक्राउ परेका व्यक्तिको परिचय खुलाउन नमिल्ने उनले बताए।

    प्रहरीले घटनाको विस्तृतमा अनुसन्धान थालेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार