Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना : मैदानमा खटिने सेनालाई क्वारेन्टाइन, जर्नेल-कर्णेेल स्वतन्त्र !


    आइतबार, साउन १७ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ। सीमा सुरक्षा गर्दै सकेसम्म आफूले कमाएर जनताको उज्यालो मुहार हेर्न अग्रसर रहिरहने अभिप्राय बोक्ने संस्थाको नाम हो सेना ! विश्वको जुनसुकै सेनाको लक्ष्य यही नै हुने गर्दछ । दैवी प्रकोप विपत्ती द्वन्द्वलाई केलाउने नेपाली सेना भने विश्वले फैलाएको थोरै रोग धेरै प्रचारबाजीको फन्दामा यसरी जाकिएको छ जुन प्रत्येक ब्यारेकमा देखिएको क्वारेन्टाइनले ईङ्गित गर्छ । आफू मरेर अरुलाई बचाउने मन्त्र लिएर मैदानमा खटिनु पर्ने सेना नै आफैं त्रसित, लुत्ते बनेर, खुम्चिएर राज्यको ढुकुटीमा खेल्नु कति जायज होला ?

    सेनाका तल्लो दर्जाको लागि क्वारेन्टाइन भन्दै राखिन्छ र बाहिर आउन जान बन्चित गरिन्छ । आखिर यो विभेद सोच कहिलेसम्म ? हो रोगसँग डराउनु पर्छ र आत्म सुरक्षा गर्नुपर्छ तर यो भन्दैमा बाहिरको माहोल हेरेर अलिकति पनि सोच्न नसक्नेहरुको बाहुल्यता रहेसम्म हाम्राे कालापानी लुटिइरहने छ । अनि सेनाप्रतिकाे जनताको सोचाई पनि झन् नकारात्मक बन्दै जाने कुरा नकार्न सकिँदन ।

    यो विभेद सोच कहिलेसम्म ?

    शत्रुसंग लड्न खोज्नु सेनाको जिम्मेवारी हो । तर शत्रु भन्ने रोगले सेनालाई नै थला पारिरहेको छ । तर, विकसित देशमा  प्रत्येक नागरिकको घरघरमा औषधि छर्किदै र प्राप्त औषधिको सदुपयोग गर्दै दिइरहेको सुविधा देख्दा  नेपालमा भने सेनाकाे स्वस्थ  ब्यारेक होइन बिरामी ब्यारेक जस्तै देखिन्छ । तर  एउटा अचम्मको कुरा त यो लाग्छ जर्नेल, कर्णेल हाकिमहरुको लागि भने यो नेपाली सेनामा क्वारेन्टाइनकाे कुनै तारवार छैन र निर्धक्क घरमा बास बसेर भोलिपल्ट कार्यालय धाइरहेका हुन्छन् ।

    सेनाका तल्लो दर्जाको लागि क्वारेन्टाइन भन्दै राखिन्छ र बाहिर आउन जान बन्चित गरिन्छ । आखिर यो विभेद सोच कहिलेसम्म ? हो रोगसँग डराउनु पर्छ र आत्म सुरक्षा गर्नुपर्छ तर यो भन्दैमा बाहिरको माहोल हेरेर अलिकति पनि सोच्न नसक्नेहरुको बाहुल्यता रहेसम्म हाम्राे कालापानी लुटिइरहने छ । अनि सेनाप्रतिकाे जनताको सोचाई पनि झन् नकारात्मक बन्दै जाने कुरा नकार्न सकिँदैन ।

    खुल्ला रुपले सेवा दिन नसक्नु नै नेपाली सेनाको सबैभन्दा ठूलो कमजोरी हो । सेनामा अझै यहाँसम्म गरिन्छ कि अरु देशले  उपहारमा दिएको दुई वटै सुई(भ्याक्सिन) प्रयोग गरिसके पछि पनि यहाँ फेरि क्वारेन्टाइनमा बस्न लगाउने चलन भने विश्वको कहिँ नभएको नेपाली सेनामा  नमुना जस्तो लाग्छ ।सबै व्यारेक भित्रै थुनिएर बसौला तर बाहिर आवतजावत गर्ने जर्नेल, कर्णेल र अन्य अधिकृतहरुको हकमा भने यो कहिल्यै लागू भएन अरु देशमा सेनाले सबै जिम्मेवारी लिएर खोप समेत आफ्नो मातहतमा राखेर सबैलाई समान रुपले दिन्छ । तर यहाँ नेपालमा त लुकेर यति संक्रमित र उति संक्रमित भन्नेभन्दा ठूलो केही गरेको देखिदैन ।

    रोगभन्दा मानसिक चेतनाले ग्रसित जनता र व्यारेकमै  लुकेर हेर्ने बस्ने, सुरक्षा निकाय रहेसम्म कोरोना थियो छ र भैरहने छ ! भाइरस दुश्मन हो यसलाई हटाउनै पर्छ र हटाउनको लागी यसको हतियार खोप हो सबै देशको सेनासङ्ग यसको पूर्वाधार बनिरहेको छ, हुन्छ । जस्तै आवश्यक ल्याव हुन्छ र प्रयोगको पूर्ण अधिकार सेनासङ्ग मात्रै हुन्छ । तर नेपाली सेनालई   यति निरीह बनाइएकाे छ कि अरु देशले उपहारमा दिएको खोप बाटोमा सिभिलसङ्ग हात थाप्दै बसिरहेको हुन्छ र भाग्दै ब्यारेकमा लुक्न पुग्छ अनि कोरोना नियन्त्रण गर्नका लागि काम गर्न खटिने गरेको रे !!

    दुश्मनसँग लड्नेभिड्ने मार्ने सेना नै व्यारेककाे  क्वारेन्टाइनमा लुकेर  बसेको छ भने यहाँ नेपाली नागरिकले यो रोग जित्ने आश गर्नु पनि बेकार छ । किन भने काेराेना भ्याक्सिन र औषधिसङ्ग खेल्न पल्केको नेपालकाे राजनीति र सुतेर साथ दिने प्रमुख सुरक्षा अङ्गहरू रहेसम्म याे महामारी नियन्त्रण र अन्त्यकाे  के आश गर्न सकिन्छ ? याे गतिलो प्रश्न बनिरहेको छ !

    सर्वप्रथम त आत्मसुरक्षा गर्दै कोरोना मनोरोगविरूद्ध  शिक्षा अत्यावश्यक छ र सामाजिक संजालले फैलाएका अफवाहबाट पीडित मान्छेहरू जोगाउनु प्रमुख कर्तव्य सङ्गै जहिलेसम्म  नेपाली सेनाले आफ्नो लागि अति आवश्यक काेराेना  अनुसन्धान  ल्याव स्थापना गर्न र भ्याक्सिन बनाउन काेसिस नगरेर दुनियाँसँग खोपका लागि हात  फैलाउँदै लुकेर बस्छ भने कोरोना महामारी हिजो पनि थियो आज पनि छ र याे महामारी भोलि झन् बढ्दै जाँदैन भनेर भन्न सकिने अवस्था  छैन । साँघु साप्ताहिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार