Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘अधिकारकर्मी’ले दुःखी नारीमाथि गरेको अत्याचार


    बुधबार, साउन १३ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • उमेरले २० टेकेपछि विदेश जाने चक्कर थियो । तर, आफन्तले विदेशभन्दा विवाहमा जोड दिनुभयो । मैले मानेँ । तर, त्यही स्वीकारोक्ति आज जीवन पासोमा अड्किएजस्तो हुन पुग्यो । पतिबाट त ठगिएँ नै, न्याय दिन्छु भनेर मलाई दिनरात पछ्याउने ‘महिला अधिकारकर्मी’ बाट समेत रित्तो हुने गरी सकिएकी छु ।

    सुनसरीको झुम्कास्थित भासी स्कुलनजिकैका आशिष प्याकुरेलसँग विवाह भयो, चार वर्षअगाडि । माइत इटहरी । परिवारका सदस्यहरूको जोड थियो, ‘विदेश गएपछि के हुन्छ–हुन्छ, छोरीलाई आफैँले एउटा वर खोजेर दिन पाए पनि ढुक्क हुन्थ्यो ।’ यसकारण, काठमाडौंमा विभिन्न व्यावसायिक कामबाट आफ्नो करिअर बनाइरहेका आशिषसँग परिवारकै रोजाईमा विवाह हुन पुग्यो । हामी काठमाडौं आयौँ । शुरुमा ऊ इन्स्योरेन्स कम्पनीमा काम गथ्र्यो । ‘यतै काम गरेर कमाउन सकिन्छ, बाँच्न सकिन्छ भने विदेश किन जानुप¥यो ?’ उसका यी कुरा राम्रै लाग्यो । पछि उसले सर्जिकल क्षेत्रमा काम गर्न थाल्यो । हुँदाहुँदा ०७६ सालको कोरोना संक्रमण बढेको मौकामा उसले अचम्मसँग आर्थिक प्रगति गर्दा खुशी लाग्यो । तर, मेरो खुशी त्यति लामो समय टिक्न पाएन ।

    विवाह गरेपछि सन्तानको चाह त जसलाई पनि हुने नै भयो । तर, उसले मेरो गर्भमा बसेको पहिलो सन्तानलाई इच्छाबेगर गर्भमै मारिदियो । अर्थात्, ममाथि जबरजस्ती ग¥यो । त्यो सहेँ । पैसा कमाएपछि घर कहिल्यै नआउने । अनेकन युवतीसँग दिन र रात बिताउने । ममाथि यति धेरै हिंसा भयो, भन्दा मान्छेहरूले पत्याउनै मुस्किल पर्ला । मलाई ‘घरबाट निस्किएर जा’ भन्दै लछारपछार गर्ने, लुगा लगेर खोलामा फालिदिनेदेखि अनेकन हर्कतले दिक्दार बनायो । ऊबाट छुटकारा खोजेँ ।

    माइतमा दादाहरूसँग सल्लाह लिएँ । उहाँहरूले भन्नुभयो, ‘जे भए पनि ज्वाइँ हो, समाजमा प्रतिष्ठाको कुरा पनि हुन्छ । छोरी मान्छेको जीवन हो, विवाह गरेको दुर्ई वर्षमै यस्तो भयो भनेपछि समाजले छोरी मान्छेमाथि नै औँला उठाउला । त्यसैले एकचोटि उसलाई परिवार राखेर छलफल गरौँ ।’ तर, आशिष परिवारको सम्पर्कमा कहिल्यै आएन । दादाहरूले कराइदिनुभयो । तर, उल्टै धम्क्यायो । यसपछि परिवारको तहबाट केही नहुने भयो । मामा विश्वराज पोखरेल पुलिसको एआइजी भएर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा हुनुहुन्थ्यो । उहाँलाई सोधेँ । उहाँले पनि कानुनी बाटो अपनाउन सल्लाह दिनुभयो । यसरी पुलिसको अफिस आवतजावत हुने क्रममा इमेज च्यानलको दाइ दिपक श्रेष्ठसँग चिनजान थियो ।

    पोहोर असोज महिनामा दीपकले ‘महिलालाई परेका समस्या मिलाइदिनुहुन्छ’ भनेर रमिला योञ्जनसँग चिनाइदिनुभयो । म २२–२३ वर्षकी मान्छेलाई कानुनका कुरा, प्रहरी, प्रशासनका कुरा थाहा नहुने नै भयो । अनि, रमिलाले यस्तो अवस्थामा वैवाहिक बलात्कारको मुद्दा आकर्षित हुने भनिन् । मामा नै एआइजी भएपछि मलाई पुलिसको सरहरूले धेरै नै सहयोग गर्नुभयो । मुद्दा दर्ता भयो । आशिषलाई पुलिसले समात्यो ।

    ऊ पक्राउ परेर पुर्पक्षमा गइसकेपछि ‘मलाई एकचोटिको लागि छुटाइदेऊ, अब  गल्ती गर्दिनँ’ भन्न थाल्यो । तर, उसको बुबा (मेरो ससुरा) देखि घरका प्रत्येक मान्छेले ‘यस्तो गल्ती नगर, छुटायो भने त्यो झन् जब्बर भएर निस्किन्छ, त्यसैले सुध्रिनका लागि पनि उसलाई केही समय थुन्नु’ भन्नुभयो । तर, मनले मानेन । जे भए पनि विवाह गरेको श्रीमान्् हो, सुध्रिन्छु भन्दा मौका दिनुपर्छ भन्ने लाग्यो । मैले नै दौडधुप गरेर उसलाई कारागारबाट धरौटीमा छुटाएँ । छुटेपछि ऊ इमाडोलको डेरामा आएन । बाहिर अरु नै केटीसँग बसेको थाहा भयो । डेरामा उसको बुबा र म मात्रै थियौँ । भोलिपल्ट आएर मलाई लडाइदियो, खुट्टा भाँचिदियो । आखिर मैले ऊ सुध्रिएला भन्ने सोच्नु नै गल्ती भयो । बरु, थुन्नुअघि त्यति धेरै यातना थिएन, त्यसपछि एकदमै धेरै यातना दिन थाल्यो । बाहिर चार–पाँच जना केटी राखेको, गाडी फेरी–फेरी चढ्ने, तर घरमा कुनै वास्ता नगर्ने ।

    सर्जिकलको होलसेल त्रिपुरेश्वरमा छ । उसले जेलबाट छुटेपछि सेनिटाइजरको काम ग¥यो । त्यसका लागि इमाडोलमा फ्याक्ट्री खोलेको थियो, गोदाम पनि त्यहीँ । त्यो फर्मचाहिँ मेरो नाममा दर्ता थियो । एकदिन उसको ड्राइभर, मसहितका मान्छेहरू सेनिटाइजरमा स्टिकर हाल्दै थियौँ । एक्कासी इन्स्पेक्टर योगेश खरेल आएर यहाँ आगो लागेको छ भन्नुभयो । मलाई थाहा थिएन । इन्स्पेक्टरलाई सोधेँ, ‘यस्तो झुठो कुरा कसले भन्यो ?’ उहाँले भन्नुभयो, ‘आशिष प्याकुरेलले भनेको ।’ नभन्दै गोदाममा आफैँले आगो लगाएको रहेछ । पुलिसले अनुसन्धान गर्ने क्रममा ऊ नक्कली सेनिटाइजरको कालोबजारी प्रमाणित भयो । अहिले आशिष कालोबजारीसहित करोडौँ रकमको ठगी मुद्दा लागेर नख्खु कारागारमा थुनिएको छ ।

    यो त श्रीमान््बाट पाएको दुःखको कुरा भयो । ऊबाट मलाई कुनै साथ नमिल्ने कुरा त भइहाल्यो । माइतीले दिएको खर्चमा चल्दै आएकी छु । आशिष दोस्रोचोटि जेल परेपछि पोहोर असोजमा रमिलाले उसको राज नाम गरेको केटा साथीको दुःख  देखाइन् । उसकी आमा कोरोनाले मरेको सुनाइन् । मलाई पनि एकदमै दुःख लाग्यो । ऊसँग आमाको काजक्रिया गर्ने खर्च छैन भनेपछि यही घाँटीमा लगाएको सुनको सिक्री छ भनेँ । उनले १५ दिनको लागि त्यही सुन राखेर पैसा निकाल्छु भनिन् । चिनेको सुनको पसलमा एक तोला दुर्ई आना घाँटीको चेन राखेर ५० हजार झिकिन् । त्यसअघि उनले मेरो मुद्दा लड्न वकिललाई पैसा दिनुपर्छ भनेर अलग्गै ३० हजार लगेकी थिइन् । जबकि, मेरो मुद्दा सरकारवादी थियो । सरकारी वकिलले नै मेरो पक्षबाट बहस गर्थे । त्यही पनि मागेपछि दिएँ । रमिलाले भनेको वकिल प्रवेश केसीलाई सोधेको, पैसा पाएको छैन भन्नुभयो । दुर्ई हप्तापछि सुन फिर्ता मागेँ तर दिन मानिनन् । विश्वराज मामालाई भनेँ । उहाँले रमिला बल्खुमा बस्ने कारण कालिमाटीको डिएसपी अपिल बोहरालाई फोन गरिदिनुभयो । अपिल सरले फोन गरेर बोलाउनुभयो ।

    रमिलाले अदालतबाट पक्राउ पुर्जी ल्याएपछि मात्रै मलाई समात्न पाइन्छ भनेर अटेर गरिन् । उल्टै विश्वराज मामासँग तँ–तँ र म–म गर्दै झगडा गर्न पुगिछन् । जबकि उनले विश्वराज मामालाई काका ससुरा हो भन्दै मान्छेहरू तर्साउने गरेकी छन् । रमिलाका श्रीमान््चाहिँ पुलिसमा सिपाही छन्, जितेन्द्र पोखरेल । उनी पत्नीका यस्ता कामहरूमा विभिन्न किसिमले सहयोग पु¥याउने गर्दछन् । जितेन्द्र अहिले सर्वोच्च अदालतका न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठको घरमा खटिएका छन् ।

    भूपूडिएसपी राजकुमार खाइजुलाई बलात्कार मुद्दामा फसाउन सफल भएपछि रमिलाले पुलिसहरूलाई पनि तर्साउने गरेको कुरा केही अफिसरबाट सुनेँ । कोहीसँग कुनै विवाद हुनासाथ जसलाई पनि मुद्दा हालेर फसाइदिन्छु भनेर धम्क्याउने रहिछन् । अहिले अपराध महाशाखामा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहभित्र संलग्नता भेटिएपछि महाशाखाले उनलाई बोलाइरहेको छ । स्वयं उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको कुरा त्रिभुवन विश्वविद्यालयले प्रमाणित गरिसकेको छ । तर, अदालत, पुलिसका ठुल्ठूला हाकिम, नाम चलेका मिडिया, वरिष्ठ पत्रकारहरूको नाम लिँदै अटेर गरिरहेकी छन् । उनले पाटनकी एसएसपी किरण बज्राचार्यको बारम्बार नाम लिने कारण मैले आफ्नो सुन फिर्ता लिने क्रममा उहाँसँग सल्लाह मागेँ । उहाँले पनि रमिलाको राम्रो कुरा गर्नुभएन ।

    म विदेशमा पढ्न जाने सपना बोकेर पूर्वबाट काठमाडौं आएकी छोरी मान्छे, आफ्नै श्रीमान््बाट ठगिएँ । बिहेदान दिएकी छोरीलाई माइतीले कति दिन हेर्छन् र ? सम्पत्तिको नाममा आफूसँग बचेको सुनको सिक्री पनि ‘अधिकारकर्मी’ भन्नेले खाइदिएकी छन् । न्याय माग्न जाने ठाउँमा पनि न्याय पाइएन । उनले मसँग लिएका पाँच–दश हजार रुपैयाँको त कुनै हिसाब छैन । वकिललाई दिने भनेर लगेको ३० हजार पनि वकिलले पाएका छैनन् । त्यसैले म न्याय खोज्दै हिँडिरहेकी छु ।

    – सविता घिमिरे (नाम परिवर्तन), इमाडोल, ललितपुर 
    २०७८ साउन १३ गतेको जनआस्था साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार