Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन प्रकरणमा मुछिएका र रेष्टुरेन्टमा धम्की दिने पनि इन्स्पेक्टर बढुवा सिफारिसमा परे


    शुक्रबार, साउन ८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले ९८ प्रहरी नायब निरीक्षक (सई)लाई प्रहरी निरीक्षकमा बढुवा सिफारिस गरेको छ । 
    बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईहरुलाई इन्सपेक्टर बढुवामा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका सई गजेन्द्र रावल पनि परेका छन् ।

    त्यस्तै, रेष्टुरेन्टमा मदिरा सेवन गर्ने र भुक्तानी माग्दा धम्की दिने सई आशुतोषबहादुर शाह पनि इन्स्पेक्टर बढुवा सिफारिसमा परेका छन् । बढुवा सूचीमा शाह ८७ औं र रावल ८८ औं नम्बरमा सिफारिस भएका छन् ।

    त्यतिबेला महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई ३३ किलो सुन प्रकरण छानबिन गर्न बनेको अनुसन्धान समितिले नियन्त्रणमा लिएको थियो । सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको देखिएपछि छानविनको लागि नियन्त्रणमा लिइएको थियो । रावल पनि बढुवा सिफारिसमा परेका छन् ।

    सई आशुतोष शाहमाथि दरबारमार्गको एलिस रेष्टुरेन्टमा २०७५ भदौ २ गते मदिरा र खाना खाएर बिलको रकम माग्दा धम्की दिएको आरोप लागेको थियो । बिलको रकम माग गर्दा शाहले बबाल गरेपछि आइजीपी सचिवालयमा गुनासो पुगेको थियो । र, महाशाखाले उनलाई रेस्क्यु गरी मापसे चेक गराएर घरमा लगेर छाडेको थियो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार