Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको फोटो बिगार्ने पक्राउ


    शुक्रबार, जेष्ठ २ २०७७
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २ जेठ ।   साइबर ब्युरोले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको स्वरूप परिवर्तन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।प्रहरीले शुक्रबार  सिन्धुली तीनपाटन गाउँपालिका १ बेलघारीका २२ वर्षीय मधु पौडेललाई पक्राउ गरेको हो।

    उनले विद्युतीय ऐन २०६३ विपरीत प्रधानमन्त्री ओली तथा अन्य विशिष्ठ व्यक्तिहरूको फोटोको स्वरूप परिवर्तन गरी सामाजिक सञ्जालमा पोष्ट गरेकोले पक्राउ गरिएको प्रहरीले बताएको छ।प्रहरीले उनीमाथि अनुसन्धान गर्न म्याद थपको लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो।

    अदालतले उनीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार