Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कोरोनाको खोप पनि नक्कली !


    आइतबार, असार १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले सरकारी संयन्त्रबाट नै खोप गायव भएकाले खोजीनीति हुनुपर्ने माग गरेको छ । कोभिशिल्डको पहिलो खोप लगाएका नागरिकले समयमा दोश्रो खोप लगाउन नपाउंँदा अत्यन्त हतोत्साहित र निराश बनेको स्थिति एकातिर छ भने अर्कोतिर सरकारी निकायबाट नै खोपहरु गायव भएको आश्चर्यजनक समाचारहरु आइरहेको छ । सरकारी निकायबाटै खोप गायब पार्ने कुरा एकातिर आइरहेको छ भने अर्कोतिर नक्कली कोभिसिल्ड खोप ल्याएको बिषयमा पनि मंचले खुलासा गरेको छ । 
     बिश्वमा करिव ४० लाख व्यक्तिको ज्यान लिइसकेको यो कोभिड १९ ले नेपालमा पनि करिव ९ हजार जनताको ज्यान लिइसकेका ेछ भने लाखौं मानिसलाई कोरोना भाइरसको संक्रमणको चपेटामा परेका छन् ।
     
    मन्चले पहिलो डोज खोप लगाएको ३ महिना बितिसक्दा पनि दोस्रो डोज खोप लगाउन नपाएकोबारेमा ध्यानाकर्षण गराएको छ । भारतबाट आयात भएको कोभिड १९ बिरुद्धको कोभिसिल्डको खोप लाउने काम गत फागुनको पहिलो हप्ताबाट शुरु भएकोमा सरकारको अकर्मण्यता एवं असक्षमताका कारण सोह्र हप्ताभित्र दोश्रो खोप लाउनु पर्ने भनेतापनि अहिलेसम्म खोप कहाँबाट आउँछ र कहिलेबाट खोप लाउन शुरु हुन्छ भन्ने कुनै ठेगाना छैन, जसको कारण दोश्रो खोप लगाउन बाँकी नागरिक अत्यन्त चिन्तित भएका छन् । यद्यपि चीनबाट ल्याइएको भेरोसिलको खोप लाउने काम दोश्रो चरणमा सहज तरिकाले शुरु भइसकेको छ । यसलाइ कोरोना भाइरसको संत्रासले पीडित नागरिकलाइ केही राहत मिलेको छ ।

     केही अनुचित व्यापारिक क्रियाकलाप गर्ने, जनस्वास्थ्यमाथि खेलवाड गर्ने केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालको पूर्वीनाकाबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याई अबैध रुपमा कोभिसिल्डको खोप भन्दै लुकीछिपी रु. ३ हजार देखि ५ हजारसम्ममा भ्याक्सिन बिक्री बितरण गरिरहेको गोप्य सूचना यस मञ्चलाई केही चिकित्सकहरुबाट प्राप्त हुन आएको छ । 

     सरकारी संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्डको खोप बजारमा बिक्री भई रहेको समाचारलाई बिश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ । जनस्वास्थ्यमाथि खेलवाड गर्ने गम्भीर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सम्बन्धित निकायबाट अध्ययन, अनुसन्धान तथा छानबिन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुद्ध कडा भन्दा कडा कारवाही मञ्चले माग गरेको छ ।

    Covishield Vaccine.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार