Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेल्जियमसँग प्रतिस्पर्धा गर्दै पोर्चुगल, कसले मार्ला बाजी ?


    आइतबार, असार १३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  युरोपेली च्याम्पियनसिप अन्तर्गत आइतबार साविक विजेता पोर्चुगल र फिफाको शीर्ष वरियता बेल्जियमबीच खेल हुँदैछ । 

    आइतबार राति हुने प्रि–क्वाटरफाइनलमा पोर्चुगल र बेल्जियमबीचको खेल निकै रोमान्चक हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे  स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ । 

    युरोपेली च्याम्पियनसिपमा यी दुई पहिलो पटक खेल्न लागेका हुन् । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले जित निकाल्ने दाउमा छ भने क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि क्वाटरफाइनल पुग्ने दाउमा छ । 

    यसअघिका ५ खेलमा बेल्जियमले पोर्चुगललाई पराजित गर्न सकेको छैन । अहिलेसम्म ३ वटा खेलमा पराजित भएको छ भने २ खेलमा बराबरी छ । सन् २०१८ मा भएको मैत्रीपुर्ण खेलमा पनि खेल बराबरीमा सकिएको थियो ।

    अहिले बेल्जियममा आएका केभिन डि ब्रुएनको प्रदर्शन पनि रोमान्चक रहनेछ । अहिलेसम्मको खेलमा दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ पटक जितेको छ भने बेल्जियमले ५ खेल जितेको छ । यस्तै ७ खेलमा बराबरीमा भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार