Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन, मनाङेले अस्वीकार गरे खेलकुद मन्त्रालय


    आइतबार, असार १३ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । 

    कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका छन्, भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । 

    दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् ।

    त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विना विभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

    गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    gandaki-mantri1-504x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार