काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकैपटक दुुईवटा महत्वपूर्ण जिम्मेवारी आइपरेको छ ।
भदौमा महाअधिवेशन गरेर कांग्रेसलाई अवैधानिक हुनबाट जोगाउनुपर्ने महत्वपूर्ण कार्यभार बोकेका देउवा मुलुकको बागडोर आफ्नो हातमा ल्याउने अर्काे अवसर पनि सदुपयोग गर्न चाहन्छन् ।
आगामी भदौभित्र पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर कांग्रेसलाई ताजगी दिने प्रमुख जिम्मेवारी बोकेका देउवा पनि पार्टी नेतृत्वमा रहने इच्छाले दौडधुप थालेका छन् ।
तर, यसबीचमा तीन दशकभन्दा लामो समयदेखि सहकार्य र साथ दिँदै आएका विमलेन्द्र निधिले सभापतिमा देउवालाई टक्कर दिन थालेका छन् ।
यसका लागि शशांक कोइराला र प्रकाशमान सिंहसँग पटक पटक भेटेर निधिले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । यस्तै कोइराला र सिंहले पनि आफूहरु पनि सभापतिको दाबेदारी रहेकाले यसपटक सहयोग गर्न भनेका छन् ।
कांग्रेसको आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन हुने भएको छ । दुई महिना अघिबाट आ–आफ्नो प्यानल बनाउन नेताहरुको लागि परेको देखिन्छ ।
सबैभन्दा सक्रिय रुपमा लागेको निधिले कोइराला र सिंह बाट सहयोग भएमा आफू सभापतिमा निर्वाचित हुने आशा राखेका छन् । तर, कोइराला र सिंहबाट पनि सभापतिको दाबेदारी आइरहेको छ ।
मनोनयन दर्ता अघिसम्म को कता भन्ने देखिए पनि अन्तिममा समीकरण परिवर्तन हुन सक्छ । यसर्थ कुन प्यानलबाट कसको कुन पदमा उम्मेदवारी पर्ला भन्नेमा मनोनयन दर्तासम्मै कुर्नु पर्ने हुन्छ ।
तर, यसअघि देखिने क्रियाकलापले पनि अनुमान लगाउन भने सकिन्छ । अहिले निधिको सभापति बन्ने चाहनाले कोइराला र सिंहसँगका निरन्तर वार्तामा रहेका हुन् ।
यस्तै निधिको सक्रियतालाई अर्कोे पाटोबाट पनि हेरिएको छ । उम्मेदवार मनोनयन दर्ता अघिसम्म ज–जसले दाबेदारी प्रस्तुत गरे पनि अन्तिम भने होइन । यसर्थ निधिको सभापतिमाथि दाबी गर्दै भइरहेका गतिविधि देउवालाई सभापतिमा जिताउन प्रतिस्पर्धी समूहको नाडी छामेका हुन् ।
तीन दशकभन्दा लामो समयदेखि साथ दिँदै आएका निधिले अहिले सभापतिमा देउवाविरुद्ध उम्मेदवारी दिन नसक्ने धेरैको बुुझाइ छ ।
सरकारको नेतृत्व गर्ने पार्टीले पाएको अवसर सदुपयोग गर्न सभापति देउवा सक्रिय हुनु परेकाले महाधिवेशन लक्षित रणनीति बुन्न स्वयं देउवाले निधिलाई अघि सारेका हुन् ।
प्रतिस्पर्धी समूहको रणनीतिलाई बुुझ्नलाई निधिलाई देउवाले नै सक्रिय बनाएको हुन र अन्तिममा निधिकै सहयोगमा देउवा सभापतिमा उम्मेदवारी दिने तर्कहरु पनि आइरहेका छन् । तर, निधिले आफू सभापतिमै उम्मेदवारी दिने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend