काठमाडौं । बितेको २४ घण्टामा थप २,०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८१० स्वाब नमुनाको परीक्षण गरिएकोमा २,०१६ जनाको नतिजा पोजिटिभ आएको हो । ४,७०४ नमुनाको पीसीआर परीक्षण गर्दा १,१७४ र ४,८०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४२ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४,९१४ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८,९७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।