Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • रुपा सुनारद्वारा ९ अनलाइनबिरुद्ध उजुरी, साइबर अपराधमा कारबाही गर्न माग


    शनिबार, असार १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पत्रकार रुपा सुनारले आफ्नो बिरुद्ध लेख्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । जातजाति, धर्म वा सम्प्रदायबीचको सद्भावमा खलल पुर्याएको र आफ्नो चरित्रहत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाही गर्नुपर्ने माग  उनले उजुरीमा गरेकी छन् ।

    जातीय दुव्र्यवहारको बिरोधमा उत्रिएकोमा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै समाचार लेखेको उनले उजुरीमा उल्लेख गरेकी छन् । एक  अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आरोप लगाएको छ ।
    पत्रकार सुनारले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

    रुपालाई बबरमहलस्थित सरस्वती प्रधानले सुरुमा कोठा दिन्छु भनेर पछि दलित भएकै कारण नदिएको प्रहरीमा दिएकी थिइन् । प्रहरीले रुपाको उजुरीपछि घरबेटी प्रधानलाई पक्राउ गरेको थियो ।  प्रधानलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आफैं जमानी बसी प्रहरी कार्यालयबाट छुटाई आफ्नै गाडीमा हालेर घर लगिदिएका थिए । जसको अधिकारकर्मीहरुले मात्र होइन, एमालेकै नेतृ बिन्दा पाण्डे समेतले बिरोध गर्दै उनले माफी माग्नुपर्ने अभिब्यक्ति दिइरहेका छन् । 

    रुपाले उजुरीमा लेखेकी छन्– ती अनलाइनले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल र्पुयाउने र जातीय छूवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्रहत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु ।’

    रुपाले दिएको उजुरी

    Rupa ujuri.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार