Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मौसम पूर्वानुमान : तीन दिन भारी बर्षाको सम्भावना


    शनिबार, असार १२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । तीन दिन लगातार देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले प्रदेश १, प्रदेश २ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना छ ।
    आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
    पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार