देवयानी इन्टरनेशनल प्रलिद्वारा संचालित केएफसी रेष्टुरेन्टका बारेमा नेपाल फेस डटकममा २०७८ असार ८ गते प्रकाशित निम्न कारणले असत्य भएको प्रष्ट पार्न चाहन्छौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७८ जेठ ३० मा जारी गरेको निर्णय अनुसार, अत्यावश्यक बस्तु तथा सेवा होम डेलिभरी गर्न पाइने हुँदा, मापदण्ड २०७७ को अधिनमा रही गरेको ब्यवसायीलाई लुटधन्दाको नाममा सम्बोधन गर्नु न्यायोचित देखिइन ।
मूल्य अभिबृद्धि कर नियमावलीको दफा १४ (ख) बमोजिम दर्ता भएको ब्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार कारोबारस्थलमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नुपर्ने उल्लेख छ । माथि उल्लेख भएबमोजिम यस कम्पनीले आफ्नो कार्यस्थलबाट बेचबिखन गरिने सम्पूर्ण खाद्यबस्तुको मूल्य, सेवा शुल्क(सर्भिस चार्ज) र मूल्य अभिबृद्धिकर सहित हरेक ग्राहकको पहुँचमा हुनेगरी मेनु प्राइसमा राखिएको र मेनुमा उल्लेख गरिएको मूल्यभन्दा कुनै पनि अतिरिक्त रकम कम्पनीले नलिएको ब्यहोरा समेत अनुरोध गर्दछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोषका अनुसार, जबर्जस्ती तथा अन्यायपूर्ण ढंगले कसैबाट पैसा वा धनमाल लिनुलाई मात्र लुट परिभाषित गरिएको हुँदा यस कम्पनीले कुनै ग्राहकलाई ग्राहकको मन्जुरीबिरुद्ध गई जबर्जस्ती आफ्नो उत्पादन बेचबिखन गरेको छैन ।
समाचारमा उल्लेख भएअनुसार बिलको रकम तिर्ने ग्राहकलाई समेत जबर्जस्ती गरिएको भन्नु र ग्राहकको इच्छा बिपरीत यस कम्पनीले आफ्नो उत्पादन बेचबिखन गरेको भन्नु उचित होइन । तसर्थ समाचारमा उल्लेखित लुट भन्ने शब्द प्रयोग हुनु न्यायोचित भएन ।
माथि उल्लेखित प्रमाणका अधारमा तहाँको मिडियामा आएको समाचारको स्रोत असत्य भएकाले समाचारको खण्डन गर्दछौं ।
देवयानी इन्टरनेशनल प्रालि