काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँले बढाएको हो ।
अब पेट्रोल लिटरको १ सय २७ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय १० रुपैयाँ कायम भएको छ । यस्तै हवाइ इन्धन आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ८२ रुपैया कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यो मूल्य आज राती १२ बजेबाट लागू हुनेछ ।
