काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्र्गाैला प्रत्यारोपण सफल भएको छ । ओलीलाई केहीबेरअघि अप्रेसन कक्षबाट निकालेर पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गाैला दिने समीक्षा संग्रौलालाई पनि पोष्ट अपरेटिभ वार्डमा सारिएको त्रिवि शिक्षण अस्पताल उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान १० बजेदेखि सल्यक्रिया शुरु गरिएकोमा करिब ३ बजेतिर सकिएको स्रोतको भनाइ छ । उनको सल्यक्रियामा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ ।
प्राध्यापक डा अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’ मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको ०६४ मा पहिलो पटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा. अनन्तकुमारले नै गरेका थिए ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend