काठमाडौं । नेपाल प्रहरीले मंगलबार साँझ ५२ एसपीको सरुवा निकालेको छ । सरुवा हुनेहरुमा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका प्रमुख जनार्दन जीसी मोरङ छन् । आइजीपी सचिवालयका रमेश थापा कास्कीमा सरुवा भएका छन् ।
सरुवामा जिल्ला इन्चार्ज पाउने एसपीहरुमा दानबहादुर कार्की कपिलवस्तु, दिनेशराज मैनाली तनहुँ, नकुल पोखरेल धनकुटा, पदमबहादुर बिष्ट सुर्खेत छन् ।
त्यसैगरी विश्व अधिकारीको कैलाली, महेन्द्रकुमार श्रेष्ठ इलाम, गोविन्द थपलिया सिन्धुली, शिवकुमार श्रेष्ठ भक्तपुर, श्यामकृष्ण अधिकारी बाँके, संजयसिंह थापा सुनसरी, सुरेशप्रसाद काफ्ले दाङ, सुवासचन्द्र बोहरा उदयपुरमा सरुवा भएको छ ।
यसअघि नै सरुवा रुपन्देहीमा काज गरिएका मनोजकुमार केसी र सिरहाका हिरा पाण्डेको दरबन्दी कायम भएएको छ ।
एसपी सरुवाको सूचीः
“>