Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पर्साको कालिकामाई गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता


    मंगलबार, असार ८ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा विकासको नाममा व्यापक रुपमा अनियमितता भइरहेको तथ्य फेला परेको छ ।

    गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको विकास निर्माण सम्बन्धिजानकारी लिनखोज्दा त्यहाँ कार्यरत कर्मचारीले बताउँनमानेन् । गाउँपालिकामा संचालितथुप्रै विकास निर्माण र सामग्रीखरिदको सूचना गाउँपालिकाको वेभसाइटमा पनि राखिएको छैन् ।

    गाउँपालिकाका सूचनाअधिकारी अमित चौरसियासँग सूचना माग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजनाबारे जानकारी हाकिम साहेब सँग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ ।

    प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसँग बुझनखोज्दा उनको कार्यालयमा पन्ध्र दिनदेखि ताल्चा लगाईएको थियो । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन । गाउँपालिकाका योजना शाखाप्रमुख सुनिलकुमार रौनियार र लेखापालअभिषेक साह समेत कार्यालयमा उपस्थित थिएनन् ।

    कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको भेटियो । गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गतेसम्म दर्ता नं. ११२१ सम्म क्रमशदर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्तानगरी खालि ठाउँ राखिएको छ ।

    त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धिपत्र दर्ता गरिएको छ । मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएको छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खालि राखेर अक्रो दर्ता गरिएको फेला परेको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकोे छ । त्यसको बिचमा पनि केही दर्ता नं. खालि ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको प्रष्टयाइको छ ।

    किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको बारे सोध्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफदिन सकेन ।

    आर्थिक मसान्तको अन्तिमा आएर अनियमितता र पुरानो मिति मादर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको गाउँपालिका कै क्रमचारी स्रोतले जनाएको छ ।

    अख्तियारको ध्यानपुग्न सकेन

    गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागिअख्तियार दुरुपयोग अनुसन्धानआयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्ननसकेको स्थानियहरुको गुनासो छ ।

    गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको सम्बन्धमा अख्तियारमा मुद्दा परे पनि छानविन नभएको स्थानिय उपेन्द्र तिवारीले गुनासो गरे ।

    उनले भने “यहाँ नदी सफाईको नाममा ४० लाख खर्च भएको छ तर सडकको अवस्था दयनिय रहेको छ । थोरै पानी परे पनि सडक हिलाम्मे हुने गरेको छ । बढी कमिशन पाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरको छ ।“

    स्थानिय सरकार बनेको साढे तिन बर्ष भएपनि अहिले सम्म सडक निर्माण नहुँदा स्थानियले बर्षायाममा समस्या भोग्दै आएको उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेका कारण आवत जावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँन आउँदैन ।

    अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेको वताए । सिकित्स विरामीलाई तीनचार जनामिलेर एम्बुलेन्स भएको ठाउँमा पुर्याउन पर्ने बाध्यता रहेको उनको भनाई थियो ।

    बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिलेसम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले बताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिए पनिअहिलेसम्म कालिकामाई गाउँपालिकाका जनताले सिंहदरबारको अनुभुति भने पाउँन  नसकेको वताए ।

    जनताको समस्या समाधान गर्नु भन्दा विकास निर्माणको नाममा आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने काम मात्र भईरहेको उनले गुनासो गरे ।

    नक्कली उपभोक्ता समिति मार्फत विकास निर्माणको योजना संचालन

    आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको वताइए पनि ठेक्दारले काम गराईरहेको पाइएको छ । कागजी पक्रिया मिलाउन मात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ ।

    गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाको लागि खरिद भएको जग्गाको बाउन्डरीवाल निर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समितिमार्फत संचालनमा छन् । तर कालिकामाई मन्दिरको भवन निर्माण र गाउँपालिकाको जग्गाको बाउन्डीवाल ठेक्दारले काम गराइरहेको प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् ।

    उपभोक्ता समितिका पदाधिकारीको बारे जानकारी लिन खोज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउन चाहेनन् । 

    खोला सफाईमा ४० लाखखर्च

    चालु आर्थिक बर्षमा खोला सफाईमा ४० लाख खर्च भएको छ । गाउँपालिका अन्तर्गको गंगोल र बही खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए ।

    सो खोला सरसफाई पनि उपभोक्ता समितिमार्फत नै भएको उनले वताए पनि उपभोक्ता समितिको अध्यक्षको नाम समेत वताउन सकेन । उनले खोला सरसफाईको इस्टिमेट पनि देखाउन मानेन् । 

    खोला सफाईमा १५ देखी २० लाखसम्म मात्र खर्च भएको स्थानियहरुको भनाई छ ।

    अन्य योजनामा समेत अनियमितता

    गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमापनि अनियमितता भएको छ । ग्यास सिलिन्ड खरिदको बारेमापनि बुझ्नखोज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरुले बताउन मानेन् । 

    ४५ सय देखी ५ हजारसम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा भएर ठुलो रकमको चलखेल भएको गाउँपालिका स्रोतले जनाएको छ ।

    यस्तै, आर्थिक बर्ष २०७७/०७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममा एक/एक लाख रकम भागवंडा लगाएकाथिए ।

    गाउँपालिकाको चालुगतखर्चमा अनियमितता

    गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता भएको छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएको दिनको पनि टियडिय बुझेको गाउँपालिका स्रोतले जनाएको छ ।

    उनले चेकमा हस्ताक्षर गरेको दिनको पनि टियडिय बुझेको तथ्यले सो कुरा प्रमाणित गर्ने स्रोतको भनाई छ । 

    यस्तै, गाउँपालिकाको जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिल भर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडौे र पोखरा भ्रमण गरे वापत पनि नक्कली बिल बनाएर रकम निकासा भएको स्रोतले जनाएको छ  ।

     

    202485852_388602082580221_4871417308343525797_n.jpg202944332_569188574070195_6764246670383816196_n.jpg199931976_958984614955498_8061993544255841539_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार