Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा भोलिदेखि कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइने, कुन कुन खोप केन्द्रमा लगाइन्छ ?


    मंगलबार, असार ८ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाले बुधबारदेखि कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ । 

    एक सूचना जारी गर्दै महानगरले यस बारे जानकारी गराएको छ । सूचनामा बुधबारदेखि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ७७ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा खोप लगाइने जनाइएको छ ।

    ७७ वर्ष माथिका२ हजार २२० जना र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी २ हजार ५ सय जनालाई महानगरले कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने भएको हो । खोप लगाउनको लागि महानगरले विभिन्न ८ स्थानमा केन्द्र तोकेको छ । 

    1624350984-b4fdj.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार