काठमाडाैं । क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सोमबार पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।