Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दल परिवर्तन गरेका नेताहरुलाई निष्कासन गर्ने माओवादीको निर्णय


    सोमबार, असार ७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिको आकस्मिक बैठकले  दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

    माओवादीको आज  (सोमबार) भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकमा उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने औपचारिक निर्णय गरेको हो ।

    माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

    केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’का अनुसार पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको हो । माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार