Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य  श्रेष्ठलाई कोरोना संक्रमण


    सोमबार, बैशाख २९ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ बैशाख । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।उनलाई युएईको दुबईमा रहेका  कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन् ।रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन् ।

    रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । घरेलु फुटबल फ्रेण्ड्स क्लबबाट खेलेको अनुभव पनि उनीसँग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार