Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२१ पुग्यो


    सोमबार, बैशाख २९ २०७७
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।

    संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार