Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ


    शुक्रबार, बैशाख २६ २०७७
    670
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, २६ बैशाख ।  १५ वर्षकी किशोरी बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई पक्राउ गरेको हो ।

    किशोरीलाई ५० रुपैयाँ दिई   बलात्कार गरेको पीडित पक्षले छ । प्रहरीका अनुसार वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको छ ।पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । ५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।

    वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार