Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषध सहित २ जना पक्राउ


    शुक्रबार, बैशाख २६ २०७७
    775
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही,२६ वैशाख  । लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
        यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार