Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलबारीमा युवकको शव फेला 


    बिहिबार, बैशाख २५ २०७७
    645
    Shares
  • २ मिनेट पाठ
  • मोरङ, २५ बैशाख ।  मोरङको बेलबारी नहरमा एक युवकको शव बिहीबार भेटिएको छ। प्रहरीका अनुसार बेलबारी–७ स्थित नहरको डिलमा हत्या गरी फालिएको अवस्थामा १८ वर्षिय आयुष गिरीको शव फेला परेको  हो।

     मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका गिरीको हत्या गरी फालिएको अवस्थामा बिहीबार बिहान नहरको डिलमा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

    बुधबार साँझ गिरी घरबाट निस्किएको र नफर्किएपछि परिवारका सदस्यले खोजी गरिरहेको अवस्थामा शव भेटिएको हो। गिरीको भुँडी, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै घिसारेर हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। मादक पदार्थ सेवन (मापसे) गरेर साथीहरूसँग रातको समयमा होहल्ला गर्दै हिँडिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। उनीसँगै मापसे गरेका साथीहरूले नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

    प्रहरीले घटनामा संलग्न भएको आशंकामा नौ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थाले पनि उनीहरूको पहिचान गोप्य राखेको छ। पोस्टमार्टमका लागि शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। प्रहरीका अनुसार शवको पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप मद्दत मिल्ने र घटनाको यथार्थ कुरा आउने छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार