Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदहरु कोरोना परीक्षणपछि मात्र संसद भवन जान पाउने


    बिहिबार, बैशाख २५ २०७७
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २५ वैशाख । भोलिदेखि सुरु हुने संसदको बर्षे अधिवेशनमा भाग लिने सांसदहरुको अहिले कोरोना परीक्षण अहिले भइरहेको छ । कोरोना परीक्षणको रिपोर्ट नदेखाई सांसदहरु भोलिको अधिवेशनमा भाग लिन पाउनेछन् ।

    सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । र, पीसीआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र त्यो रिपोर्ट देखाएपछि मात्र सांसदहरु संसद भवनमा जान पाउनेछन् ।

    संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण जारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार