Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं प्रवेश गर्न खोज्ने १०३ सवारी साधनलाई फर्काइयो


    बुधबार, बैशाख २४ २०७७
    555
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ, २४ बैशाख ।विभिन्न बहानाएर काठमाडौं उपत्यकामा भित्रने खोजेका  सवारी साधनलाई फर्काउन थालेको छ ।   मङ्गलबार मात्रै  अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ।
    विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ।
    जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाइएको छ।

    यसै क्रममा आज काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिइन्।

    उपप्रमुख खड्गीलाई जानकारी दिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार ३७ सवारीलाई र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए। 

    पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो।
    काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका, एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ।

    प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन्। काठमाडौँमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन्।

    नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ।

    अनुगमनको क्रममा उपप्रमुख खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन् भने मास्क नलगाइ सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन्। वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन्।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार