Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबारसम्म वर्षा हुने पूर्वानुमान


    बुधबार, बैशाख २४ २०७७
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं २४ बैशाख  ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने  अनुमान छ। महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ ।
    दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

    पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ । पश्चिमी र स्थानीय वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार