Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपीको आशीर्वादमा विवादित दासलाई सीमाको इन्चार्ज


    बुधबार, बैशाख २४ २०७७
    685
    Shares
  • २ मिनेट पाठ
  • बीरगंज, २४ बैशाख । प्रहरी संगठनमा ज्यादै बदनामी कमाएका विवादित सई वैद्यनाथ दासलाई पर्साको सबैभन्दा महत्वपूर्ण र जिम्मेवार ठाउँका रूपमा रहेको इनर्वा भन्सारस्थित चौकीको इन्चार्जमा खटाइएको छ ।

    चितवनमा कार्यरत रहँदादेखि नै ज्यादै बदनाम भएका सई दासलाई वीरगञ्ज हाजिर हुनेबित्तिकै इनर्वा नाका पठाउन लागिएको थियो । सांसद अपहरणकाण्डमा मुछिएका अवकाशप्राप्त आइजीपी सर्वेन्द्र खनालका बडीगार्ड भए पनि पैसाको कारोवारमा बदनामी कमाएका सई विजय यादवको दबाबमा वैद्यनाथ दासलाई इनर्वा नाका पठाउन पत्रसमेत तयार भएको थियो । तत्कालीन एसपी रेवती ढकालले उनको बदनामी थाहा पाएपछि विजय यादवले भने पनि उनलाई इनर्वा नपठाई बसपार्क पठाए । बसपार्कमा पनि त्यसरी नै बदनाम भएका असुलीधन्दाबाहेक अरू नगर्ने सई दास त्यसपछि परवानीपुरस्थित चौकीमा आएका थिए । त्यहाँ पनि ज्यादै बदनाम भएका उनी जिल्लामा तानिएका हुन् । अहिले यिनै विवादित र बदनाम भ्रष्ट भनेर चिनिने वैद्यनाथ दासलाई इनर्वा चौकीको इन्चार्जमा पठाइएको छ । 

    दास आफैं स्वघोषित सिंघमको रुपमा चिनाउने गर्दछन् । तर हिन्दी फिल्मको पात्र सिंघम गुण्डा र तस्करी हटाउने प्रतीकका रुपमा चिनिन्छ भने तर सई दास भने तस्कर र अपराधीलाई लाइन चलाउन दिएर लाभ लिनेमा पर्दछन् । उनले केही दिनअघि केही बोरा छोगडा समातेर आफूलाई सिंघमको रुपमा प्रचार समेत गराएका थिए । पर्साका एसपी गंगा पन्तले क्राइम ब्रान्चको इन्चार्ज बनाएका इन्स्पेक्टर रविभूषण यादवले नै सेटिङ गरी दासलाई इनर्वा नाकाको इन्चार्जमा पठाएका हुन् । मासिक निश्चित दस्तुरी बुझाउनेगरी उनलाई पठाइएको बताइन्छ । इन्सपेक्टर यादव एसपी पन्तका विश्वासपात्र बनेका छन् । डीएसपीलाई पनि माइनस गरी सबै काम पन्तले तिनै इन्स्पेक्टर मार्फत् गराउँदैआएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार