Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरका ६ जना भोलि कोरोना निको भएर फर्किंदै


    मंगलबार, बैशाख २३ २०७७
    720
    Shares
  • २ मिनेट पाठ
  • विराटनगर, २३ बैशाख । नेपालमा कोरोना संक्रमण ८२ जनामा देखिएको छ । निको हुने पनि उल्लेख्य देखिएका छन् । १६ जनाले यसअघि कोरोनालाई जितेर फर्किसकेका छन् । भोलि थप ६ जना निको भएर फर्किदैछन् । 

     विराटनगरको कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा उपचारमा रहेका ६ जना निको भएका छन् । नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई भोलि बिहान ८ बजे डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

    सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।  बैशाख ५ र ६ गते उदयपुरबाट ल्याइएका १३ जना कोरोना संक्रमितमध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताए । उनीहरुको तीन पटकसम्म स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

    डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहमद रशिद रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार