Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • चुनावमा एआईको दुरुपयोग रोक्न कानुन बनाउनुपर्छ: पूर्व निर्वाचन आयुक्त पोखरेल


    शुक्रबार, मंसिर १२ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानुनी व्यवस्था कडा बनाउनुपर्ने बताएका छन्।

    शुक्रबार निर्वाचन आयोगले ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईलाई कानुनी दायरमा ल्याउँदै नियमन जरुरी भएको बताएका हुन् । एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्ने पोखरेलले बताए।

    एआई टुल्सको प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री पहिचान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए। एआईबाट सिर्जना गरिएका सामग्रीमा एआईको भूमिका कस्तो छ भन्ने पहिचान गर्न नमूना परीक्षणसमेत गर्नुपर्ने उनले बताए।

    पोखरेलले डिजिटल शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए। बेलायतजस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उल्लेख गर्दै यसको प्रभावकारी नियमन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालले पनि अध्ययन गर्नुपर्ने बताए। ।

    उनले निर्वाचन शिक्षालाई अझै विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए। निर्वाचन सुरक्षाको काम सुरक्षा निकाय र राजनीतिक दलले नै लिनुपर्ने उनको भनाइ छ।

    अब संघीय, प्रदेश र स्थानीय तहबाटै चुनावी खर्च व्यवस्थापन गर्नेगरी अघि बढ्नुपर्ने उनको सुझाव छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार