काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र छलफल गर्नुपर्ने विषय फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक असहमति सम्बन्धित कमिटीमै राख्न आग्रह गरे।
ओलीले पछिल्लो केन्द्रीय कमिटी बैठकअघिका अनुशासन उल्लंघनका घटनालाई पार्टीले क्षमा गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि दोहोरिए स्वीकार्य नहुने बताए। ‘अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन,’ उनले भने।
महाधिवेशनमा कुनै प्रस्तावको विपक्षमा मत दिन पाइने भए पनि निर्णय भइसकेपछि अर्को महाधिवेशनसम्म त्यसलाई पालना गर्नुपर्ने ओलीको भनाइ थियो। उनले कमिटीमा असहमति राख्न रोक लगाइएको भन्ने गुनासो पनि अस्वीकार गरे।
आफू पक्राउ पर्नुअघि पार्टीकै एक नेताले अन्तर्वार्तामा ओलीलाई पक्राउ गरे पनि एमाले सडकमा नउत्रिने धारणा राखेको भन्दै उनले असन्तुष्टि जनाए। त्यस्तो अभिव्यक्तिले सरकारलाई पक्राउ गर्न ढाडस दिएको ओलीको आरोप थियो।
दाङ। दाङको लमही नगरपालिका–९, शिवखोलास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। बिहीबार बिहान करिब ८:३० बजे लुम्बिनी भ्रमण सकेर...
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ । राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका...
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका...
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend