Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • आइरन चक्की खरिदमा १५ करोड घोटाला, अख्तियार अहिलेसम्म किन मौन ?


    बिहिबार, मंसिर ४ २०८३
    125
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सेवा बिभाग टेकूले आर्थिक बर्ष २०७९–०८० मा २१ करोड वटा आइरन चक्की खरिद गर्यो । प्रतिगोटा ८६ पैसाम खरिद गरिएको उक्त आइरन चक्की म्याद सकिएर ७ करोड चक्की उपयोग नभई राज्यलाई करिब ७ करोड रुपैयाँ घाटा भएको थियो । १४ करोड ट्याब्लेट आवश्यकता भए पनि कमिसनकै लागि २१ करोड आइरन चक्की म्याद पनि छोटो समय भएको खरिद गरिएको थियो ।
    सो २१ करोड आइरन चक्की बजारमूल्य भन्दा झन्डै सतप्रतिशत बढी रकममा खरिद गरिएको थियो । प्रदेशले ३५ देखि ४० पैसामा खरिद गर्दा स्वास्थ्य सेवा बिभागले भने ८६ पैसा प्रतिचक्की आइरन चक्की खरिद गरेको थियो । अरु प्रदेशको भन्दा १० करोड बढीमा खरिद गरेको तथ्य छर्लङ्ग भएको छ । म्याद गुज्रेको घाटा कम्तीमा ५ करोेड र प्रदेशभन्दा महंगोमा खरिद गरेको १० करोड जोड्दा आइरन चक्कीमा १५ करोड अनियमितता भएको आशंका सहजै गरिएको छ । २०८१–०८२ मा धनगढी स्वास्थ्य आपूर्ति केन्द्रले ४० हजार चक्की आइरन चक्की प्रतिट्याब्लेट ५५ पैसामा खरिद गरेको थियो । तर बिभागले २ बर्षअघि २०७९–०८० मा २१ करोड चक्की ८६ पैसामा प्रतिट्याब्लेट त्यो पनि म्याद नै कम अवधि भएको खरिद गरेको थियो । ४० हजार चक्की खरिद गर्दा ५५ पैसामा आउने आइरन चक्की २१ करोड चक्की खरिदमा त धेरै कम मूल्यमा आउनुपर्ने हो । तर कमिसनको चलखेलका कारण अवधि कम भएको आइरन चक्की ८६ पैसामा खरिद गरी स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्व र बिभागका अधिकारीहरुले १५ करोड अनियमितता गरेको आरोप छ ।
    ७ करोड ट्याब्लेट आइरन चक्की डेट एक्सपायर हुँदा राष्ट्रलाई कम्तीमा करिब ५ करोड करिब नोक्सान भएको क्षतिपूर्ति कसले दिने ? यो क्षतिपूर्ति स्थानीय तहको बजेट संघमा ल्याएर, आवश्यकताभन्दा बढी आइरन चक्की खरिद गर्ने स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाका अधिकारी र नेतृत्वलाई तिराउनुपर्नेमा अख्तियार अहिलेससम्म मौन देखिएको छ ।
    अर्को अनियमितता आपूर्तिकर्ताबाटै भएको छ । आपूर्तिकर्ता कम्पनी नोबाजियनले आइरन चक्कीको ठेक्का पाएकोमा उसले एकै कम्पनीको आइरन चक्की दिने गरी सम्झौता गरेकोमा २ वटा कम्पनीको चक्की आपूर्ति गरेको थियो ।
    म्याद सकिन लागेको औषधि वा आइरन चक्की कम्पनीले थप सस्तोमा दिने भएकाले आइरन चक्की खरिदमा १० करोड भन्दा बढी अनियमतता भएको अख्तियारले गहन अनुसन्धान गरेको भए खुल्नेथियो । आइरन चक्की खरिदमा करिब १५ करोड अनियमितता भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उक्त घोटालाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै २०८२ कात्तिक २४ मा दर्ता नम्बर सी–०२२८६३ को उजुरी परेको थियो । तर १५ करोड भ्रष्टाचार भएको सप्रमाण उजुरी पर्दा पनि अख्तियारले २ बर्षसम्म किन अनुसन्धान नगरेको हो भन्ने प्रश्न उठेको छ ।
    ब्यापारीसँग मिलेर स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका तत्कालीन प्रमुख डा. कृष्णप्रसाद पौडेल, ब्यवस्थापन महाशाखा प्रमुख सर्वेश शर्मा, तत्कालीन स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र सप्लायर्स लगबिरुद्ध सोझै मुद्दा दायर हुनुपर्नेमा अहिलेसम्म छानबिन नहुनुलाई रहस्यमय रुपमा लिइएको छ ।
    अघिल्लो खरिद प्रक्रिया नै विवादमा परिसकेपछि ०८१–०८२ मा फेरि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको दबाबमा स्वास्थ्य सेवा विभागले आइरन चक्की तथा फोलिक एसिड खरिदको टेण्डर गरेको थियो । तर, आर्थिक बर्ष २०७९–०८० को आइरन चक्की खरिदमा अनिययिमतता भएको बिषय बाहिर आएकाले स्वास्थ्य सेवा बिभागका तत्कालीन महानिर्देशक डा. टंक बराकोटीले स्थानीय तहबाट राजीनामा नै दिएका थिए ।
    स्थानीय तहले खरिद गर्ने औषधि संघबाट सेटिङमा खरिद गर्दा भोलि अख्तियारको कठघरामा उभिनुपर्ने भएपछि बराकोटीले राजीनामा दिएका थिए । जसका कारण आइरन चक्की खरिदको ठेक्का नै मन्त्रालयले रद्द गर्न बाध्य भएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र नीति योजना महाशाखाका प्रमुख पौडेलसहितका उच्चपदस्थ कर्मचारीको कमिसनको चलखेल थाहा पाएपछि अढाई बर्ष जागिर बाँकी रहँदै बराकोटीले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार