Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • स्वास्थ्य मन्त्रीका श्रीमान नै सुशासनका बाधक, सरुवादेखि ठेक्कामा हस्तक्षेप


    बुधबार, मंसिर ३ २०८३
    5
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मन्त्रालयको जिम्मेवारी पाएदेखि रातदिन नभनी स्वास्थ्य क्षेत्रको सुधारका लागि उच्च मनोबलका साथ लागेको देखिन्छ । उनी स्वास्थ्यका बिज्ञहरु, अनुभवी चिकित्सक र लामो अनुभव भएका कर्मचारीहरुसँग परामर्श गरी प्रधानमन्त्रीको निर्देशन, सुझाव लिंदै राम्रो काम गर्न तल्लीन भएर लागेको देखिन्छ ।

    मन्त्री मेहताले भोटेकोशी बाढीको बितण्डा लगत्तै स्थलगत अनुगमन, निर्देशन र स्वास्थ्यकर्मी परिचालनमा कमी हुन दिइनन् । सुनसरीको कप्तानगञ्जको घटनामा गृहमन्त्री सुधन गुरुङसँग काँधमा काँध मिलाएर मधेशमा खटिइन् । अस्पतालहरुको कमीकमजोरी र गुनासो आउँदा तत्काल संवेदनशील भएर समाधानमा लाग्दैआएकी छन् ।

    स्वास्थ्य मन्त्री मेहता स्वास्थ्य क्षेत्र सुधारमा लागे पनि उनका श्रीमान डा. सरोज सिंहका कारण सुशासन कायम गर्ने सवालमा भने उनी चुक्दै गएका धेरै दृष्टान्तहरु पाउन सकिन्छ । उनले गरेका राम्रा काम पनि डा. सरोजका कारण ओझेलमा परेका छन् । डा. सिंहको भूमिकाका कारण मन्त्री विवादमा पर्दैगएकी छन् ।

    ब्यवस्थापन महाशाखाका निर्देशक डा. वीरेन्द्र मण्डल, स्वास्थ्य सेवा बिभागका निमित्त डीजी डा. पौडेल र गुणस्तर महाशाखाका प्रमुख डा. रोशन न्यौपानेलाई डा. सरोज सिंहको सेटिङमा सरुवा गरिएको आरोप मन्त्री मेहतामाथि लाग्ने गरेको छ ।

    भोटेकोशीको बाढी गएको समयमा राम्रो काम गरिरहेका स्वास्थ्य सेवा बिभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै डा. सरोज सिंहको सल्लाहमा मन्त्री मेहताले जिम्मेवारीबाटै हटाइन् । र, डा. सरोज सिंहले आफू कार्यरत प्रहरी अस्पतालको डाक्टर साथीका श्रीमान डा. कृष्णप्रसाद पौडेललाई मन्त्री मेहतालाई दबाब दिएरै महानिर्देशक बनाउन सफल भए । राम्रो काम गर्दागर्दै डा. भट्टचन दण्डित जस्तै भए ।

    सरोज सिंह प्रहरी अस्पतालमा एसपी दर्जाका दन्तरोगका डाक्टर हुन् । उनी जागिरका अधिकांश समय प्रहरी अस्पताल इनरुवामा कार्यरत थिए । तर मेहता मन्त्री भएपछि प्रहरी अस्पताल महाराजगंजमा काजमा आएका हुन् । मेहता मन्त्री भएपछि उनले सबैभन्दा पहिला त औषधिदेखि उपकरण खरिद गर्ने ब्यवस्थापन महाशाखाको प्रमुखमा समूह नै नमिले पनि डा. वीरेन्द्र मण्डललाई प्रमुखमा ल्याउन सफल भए । मण्डल डा. सरोज सिंहका क्लासमेट हुन् ।

    ब्यवस्थापन महाशाखाको निर्देशकमा पब्लिक हेल्थ समूहको हुनुपर्नेमा मन्त्री मेहताले श्रीमानकै दबाबमा फरेन्सिक समूहका डा. मण्डललाई प्रमुख बनाइन् । डा. मण्डलकै सेटिङमा डा. सरोज सिंहको सल्लाह अनुसार पौडेललाई महानिर्देशक बनाइएपछि आज आधारभूत अस्पतालको खरिद प्रक्रिया विवादमा परेको छ । श्रीमानको नियुक्तिदेखि सरुवा र ठेक्कामा हुँदैआएको चर्को हस्तक्षेपका कारण मन्त्री मेहता असफल हुने निश्चित देखिएको स्वास्थ्य मन्त्रालयकै अधिकारी बताउँछन् ।

    काठमाडौंको शंखमूलमा रहेको आरम्भ होटलमा डा. सरोज सिंहले केही सप्लायर्ससँग मिटिङ राखी उनीहरुकै सेटिङमा डा. पौडेललाई डीजी बनाइएको स्रोतको दाबी छ । स्रोतका अनुसार डा. सिंहलाई सप्लायर्ससँग जोड्ने कामको संयोजन मन्त्रीकै सचिवालयकी एक महिला कर्मचारीले गरेकी हुन् ।

    त्यस्तै स्वास्थ्य मन्त्रालयको गुणस्तर महाशाखाको निर्देशक डा. रोशन न्यौपाने पनि मन्त्री मेहताका श्रीमानकै कारण उक्त जिम्मेवारीमा आएको खुलेको छ । न्यौपानेकी श्रीमती समेत डा. सरोज सिंह कार्यरत प्रहरी अस्पतालमै कार्यरत छन् । न्यौपानेको कार्यक्षमता कमजोर भएकाले राम्रो परिणाम दिन नसकेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार