Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपाको चेतावनी


    मंगलबार, मंसिर २ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् ।

    एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे । अदालतबाट पुनर्बहाली भए सरकारले उनलाई पूर्ववत् जिम्मेवारी सम्हाल्न नदिने अन्य कानुनी बाटो खोज्न सक्ने उनको भनाइ थियो।

    सरकारले नयाँ पद सिर्जना गरी आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ तोकिएको छ।

    कात्तिक २० गते दर्ता भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले यसअघि तिहार बिदापछि कात्तिक ३० गतेको मिति तोकेको थियो । सरकारले सो दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार