Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • दानबहादुर कार्कीको रिटमाथि पहिलो सुनुवाइ बुधबार  


    मंगलबार, मंसिर २ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक ९आईजी० दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ बुधबार गर्ने भएको छ ।

    २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।

    तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो । बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

    सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० डा। मनोज केसी आईजीमा बढुवा भएका थिए ।

    मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार