काठमाडौँ। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर मंसिर महिनाका लागि ०.११ प्रतिशत बिन्दुले घटेर ३.८७ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ३.९८ प्रतिशत थियो ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.१ प्रतिशत बिन्दुले घटेर २.९७ प्रतिशतमा कायम भएको छ । कात्तिक महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर २।९९ प्रतिशत थियो ।
मंसिर महिनाका लागि ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
त्यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदर यथावत् राखेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन राजदूतलाई...
काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ...
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको...
चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend