Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • चोलेन्द्रशमशेर प्रकरण : विनिता खड्का पनि पक्राउ


    शुक्रबार, असोज २३ २०८३
    5.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन् । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई पक्राउ गरेको छ ।

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि खड्कालाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

    केही दिनअघि इजरायल पठाउने भनेर ठगी गर्ने भरत चौलागाईमार्फत् रामेछापकी खड्का जबरासम्म पुगेकी थिइन् । जबरासँग मिलेर मुद्दामा चलखेल गरेकी खड्काले छोटो समयमा भएको करोडौंको जायजेथा जोडेको आरोप लाग्ने गरेको छ ।

    इजरायल पठाउने भनेर ठगी गरिएको पैसा बालिका शिवाकोटी र भरत चौलागाईसँगै खड्कासमेत संलग्न रहेको स्रोत बताउँछ ।

    खड्काको बुढानीलकन्ठमा ठूलै क्षेत्रफलमा भब्य बंगला बनाएको बिषयमा समेत कानुन ब्यवसायीबीचमा समेत चर्चा हुँदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार