Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला: रवि लामिछाने


    आइतबार, असोज १८ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्ना नीति र कार्यशैलीमा सुधार गर्नुपर्नेमा सुझाव दिए ।

    ‘कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,’ लामिछानेले भने, ‘दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला। यति लहलहाउँदो रुखलाई छाडेर अरूलाई भोट हाल्न बाध्य नबनाएको भए म पनि कांग्रेस हुन्थेँ होला।’

    वर्तमान सरकारको स्थायित्व र सरकार फेरबदलको चर्चाबारे टिप्पणी गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाउनेहरू नै बेहोस भएर ढल्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार