Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • कांग्रेस महाधिवेशन: उद्घाटन समारोहमा कुन पार्टीबाट को-को पुगे ?


    आइतबार, असोज १८ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ।

    जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका छन्।

    सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने एमाले महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि महाधिवेशन स्थल पुगेका छन्।

    रेशमलाल चौधरीलगायतका नेताहरू पनि खुलामञ्च पुगेका छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि उद्घाटन समारोहमा सहभागी भएकी छन्।

    खुल्लामञ्चमा बनाइएको विशेष मञ्चमा उद्घाटन कार्यक्रम भइरहेको छ।

    महाधिवेशनको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापतिहरूका तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर गरे।

    उद्घाटन समारोहमा नेताहरूले सम्बोधन सुरु गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार