Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो 


    आइतबार, असोज ११ २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मनाङ सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ।

    आइतबार साँझ गएको पहिरोले मर्स्याङ्दी थुनिएर ताल बनेको स्थानीय पालसाङ लामाले जानकारी दिए।

    नदी थुनिएर पारि रहेका एउटा घर र २ वटा होटल डुबानमा पर्न लागेको लामाले बताए। अहिले थुनिएको पानी एक्कासि फुट्यो भने तटीय क्षेत्र जोखिममा पर्न सक्ने उनले बताए।

    चामेमा आएर मर्स्याङ्दीमा मिसिने खोला लमजुङ हिमालबाट हिउँ पग्लेर बनेको खोला हो।

    अहिले मर्स्याङ्दीमा झरेको पहिरो पनि चामेभन्दा माथिबाट ढिस्को खसेको थियो। पहिरोले चामेभन्दा माथि ठाडो खोला थुनिएको र बगेर मर्स्याङ्दी आइपुगेको उनले बताए।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले मर्स्याङ्दी आंशिक रूपमा थुनिएको बताए। खोलामा निरन्तर पानी बगिरहेकाले तत्काल जोखिम नभए पनि ठाडो खोला माथि ताल परेको हुन सक्ने उनको आशंका छ।

    चामे भएर बहने ठाडो खोलामा आएको बाढी र पहिरोले गए राति ६ वटा घरमा क्षति पुर्‍याएको थियो।

    बाढीका कारण चामेका स्थानीयवासी र पदयात्रामा गएका पर्यटकसमेत रातारात भागेर ज्यान जोगाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार