Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन, १,५८८ जना नागरिकको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार


    आइतबार, असोज ११ २०८३
    170
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।

    फेवातालमा हुने पानीजन्य कुनै पनि घटनाहरुको खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले यस वोट सञ्चालनमा ल्याइएको हो । ३ सिट क्षमताको जेट स्की बोटले १ घण्टामा करीब १ सय ५ किलोमिटर दूरी पार गर्न सक्ने र लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने उच्च क्षमता रहेको छ ।

    फेवातालमा पर्यटकीय गतिविधि र जल यात्राका क्रममा हुने जोखिमलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बल नेपालले २०६९ सालदेखि ’फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आइरहेको छ ।

    उक्त टावर मार्फत् खटिएका सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५ सय ८८ जना नागरिकको जीवितै उद्धार गरिसकेका छन भने ५३ जनाको शव निकालेका छन् ।

    उच्च गतिको यस जेट स्की बोटको प्रयोगले फेवातालमा हुने आपतकालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र परिणाममुखी बनाउन ठूलो सहयोग पुग्ने विश्वास समेत लिइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार