काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।
पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गर्दै गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गरेका छन् ।
पोखरेलले सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।
हालसम्म प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल...
काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो। यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना...
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
काठमाडौं । महाराजगञ्जस्थित निवासबाट समातिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएर पठाएको छ । आइतबार बिहान ३ बजे बाँसबारीस्थित निवासबाटै पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend