Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • बागलुङमा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु


    आइतबार, असोज ११ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

    निसीखोला गाउँपालिका– ३ मा पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।

    आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार